अध्यक्ष नैनसिंह महरले भने- सरकार स्ववियु चुनाव भाँड्न लागिपर्‍यो

काठमाडौं, माघ १५ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्न लागिपरेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकार चुनाव बिथोल्न उद्दत रहेको भन्दै शान्तिपूर्ण वातावरण निर्माण गरे आफूहरु चुनावमा भाग लिन तयार रहेको बताए ।
अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले भने नेविसंघले चुनाव हार्ने डरले कृत्रिम बहाना बनाएको आरोप लगाए ।
उनले फागुन १४ गते स्ववियु निर्वाचन हुन नसके त्यसपछि चुनावका लागि स्थिति सहज नहुने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्