गोर्खाज फाइनान्स लि.को नाफामा भारी वृद्धि, प्रतिसेयर आम्दानी १४.०४ रुपैयाँ

काठमाडौं, १५ माघ । गोर्खाज फाइनान्स लि.ले चालु आ.व.को दोस्रो त्रैमासको प्रतिवेदन अनुसार नाफामा वृद्धि गरेको छ । पौस मसान्तसम्ममा फाइनान्सले ६ करोड ९ लाख खुद नाफा भारी वृद्धि भएको छ । गत वर्षको दोस्रो त्रैमासमा २ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आ.व.को छ महिनामा फाइनान्सको व्यवसायमा प्रगती देखिएको छ । गत आ.व.को पुस मसान्तमा फाइनान्सले ४ अर्ब ५२ करोड निक्षेप संकलन गरेको थियो । यसै अवधिमा फाइनान्सले ५ अर्ब ९० करोड निक्षेप पुर्याएको छ ।

यस अवधिमा कर्जा लगानी ४ अर्बबाट बढाएर ४ अर्ब ८१ करोड रुपैयाँ बनाएको छ । कर्जा निक्षेप अुनपात (सीडी रेसियो) ६९.५३ प्रतिशत रहेको छ ।

फाइनान्सको खराव कर्जा भने ३.५८ प्रतिशतबाट ४.३२ प्रतिशत बढेको छ । एनपीएल बढ्नु फाइनान्सको लागि भने राम्रो सूचक होइन ।
यस फाइनान्सको प्रतिसेयर आम्दानी १४.०४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४०. २६ रुपैयाँ छ । प्रतिसेयर कुल सम्पत्ति ८९० रुपैयाँ रहेको छ ।
फाइनान्सलाई आगामी दिन व्यवसाय विस्तारमा सजिलो पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्