एनसीसी बैंक लिमिटेड र ओम हस्पिटलबीच सम्झौता

काठमाडौं, १४ माघ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर (प्रा) लि बीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर (प्रा) लि का तर्फवाट प्रबन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गर्न भएको छ ।

सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले ओम हस्पिटल एन्ड रिसर्च सेन्टर (प्रा) लि का सेवाहरु मा विशेष छुट पाउने छन् ।

बैंकका ग्राहकहरुले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा विशेष छुट पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्