मेगा बैंक र सन नेपाल लाइफबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं, १४ माघ । सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र मेगा बैंक नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीले हस्ताक्षर गर्नुभएको हो ।
यस सम्झौता पछि मेगा बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमादाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने छन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मेगा बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।















प्रतिक्रिया दिनुहोस्