दिपक मनाङ्गेले प्रदेशसभा सदस्यको सपथ लिए

काठमाडौं, १४ माघ । गुण्डाको पहिचान बनाएको दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ खुवाएका हुन् ।

सपथ खुवाए लगत्तै सभामुखले टीका लगाइदिए र उपसभामुख सिर्जना, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान लगायतले बधाइ दिएका छन् ।

मनाङे मनाङको प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएका थिएनन् । उनले करिव ८ महिना जेल बसे । पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए ।

सपथका लागि मनाङे सोमबार नै काठमाडौंबाट आएका थिए । सपथ लिएपछि खुशी व्यक्ति गर्दै उनले भने ‘ ९ महिना जेलमा बसेँ, अब केही दिन कुरौं भनेर कुरेको थिएँ ।’

उनले सरकारले गरेका हरेक राम्रा कार्यहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । मनाङले सञ्चारकर्मीको एक पश्नको उत्तर दिंदै आफू तत्काल कुनै पार्टीमा प्रवेश गर्ने र यसप्रति अहिले नसोचेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्