रसुवागढी हाइड्रोपावरको आउने भयो १ करोड २ लाख कित्ता आइपीओ

जागरण न्युज
काठमाडौं, १४ माघ । सुवागढी हाइड्रोपावरले सर्वसाधारणलाई १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति पनि मागेको छ ।
कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको आइपीओको रेटिङ एजेन्सी इक्रा नेपालले रसुवागढीको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ ।
कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति पनि मागेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । यसअघि रसुवागढीले सञ्चयकर्तालाई १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सन २०२० भित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्