मेरो माइक्रोफाइनान्सले पायो १००% हकप्रद निष्काशन गर्ने अनुमति

जागरण न्युज
काठमाडौं, १४ माघ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमाति पाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँको १ः१ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस पश्चात कायम चुक्ता पूँँजी ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्नेछ । माइक्रोफाइनान्सलाई १०० प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डले आइतबार अनुमति दिएको हो । हकप्रदको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
हकप्रद सेयर बिक्री गरिसकेपछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्