तुलसीपुर उद्योग वाणिज्य संघ पच्चिसौं बर्षमा, अव आर्थिक समृद्धिमा जुटौंः अध्यक्ष राणा

शरद रेग्मी, दाङ ३ पुस । तुलसीपुर उद्योग वाणिज्य संघ पच्चिसौं बर्षमा प्रवेश गरेको छ । पच्चिसौं बर्ष प्रवेशसंगै संघले भव्य र सभ्य रुपमा रजत महोत्सव समेत मनाएको छ ।
सोमबार रजत महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अव मुलुकले आर्थिक समृद्धि तर्फ अघिबढ्न व्यवसायीहरुलाई आग्रह गरेकी छिन् । मुलुकले करीव सात दशक राजनीतिक आन्दोलनमा वितायो, आर्थिक समृद्धि भने हुन सकेको बताउँदै राणाले अव मुलुकले स्थाई सरकार पाउने अपेक्षा गर्दै अव आर्थिक समृद्धिले मुलुकको मुहार फेरीनुपर्ने बताइन् ।
‘पछिल्लो एक दशकको शशत्र द्धन्द्ध र पछिल्लो समयमा देखिएको स्थाई सरकारको अभावका कारण हामी व्यवसायीहरु धेरै मारमा परेका थियौं, तर अव संघात्मक संविधान कार्यान्वयनको अन्तिम संघारमा छ, अव हामीले मुलुकलाइ आर्थिक रुपमा समृद्ध गराउन आवस्यक छ’—राणाले भनिन् । साथै उनले अव आम व्यवसायीहरुलाई भयरहित वातावरणमा व्यवसाय गर्ने वातावरणको व्यवस्थापन गर्न पनि उनले आग्रह गरीन् । दलहरुले आफनो घोषणा पत्रका मुलुकको आर्थिक बिकासका योजनाहरु अघि सारेको भन्दै नयाँ सरकार निमार्ण संगै त्यसलाई कार्यान्वयन गर्ने समयसिमा र स्पष्ट खाका प्रस्तुत गर्न आग्रह गरिन । मुलुकको बिकासका लागी कृषि , पर्यटन र जलविधुतको विकास गर्नुपर्नेमा जोड दिदै राणाले त्यसका लागी सहकार्य गर्न निजि क्षेत्र तयार रहेको उनको धारणा थियो । मुलु्कमा ३ तहको निर्वाचत भएकोमा निजी क्षेत्र धेरै आशाबादि रहेको भन्दै अध्यक्ष राणाले अव मुलुकमा स्थीर सरकार बन्ने बताईन । स्थीर सरकार मार्फत मुलुमा देखिएको ब्यापार घाटाको अन्त्यका लागि स्वदेशि उत्पादनमा जो्ड दिनुपर्नेमा उनको भनाई रहेको थियो ।
उनले प्रदेश नम्वर ५ को राजधानी दाङलाई बनाउन सवै हिसावले उपयुक्त स्थान दावी गर्दै दाङ बासिलाई राजधानी बन्नेमा बिश्वस्त हुन आग्रह गरिन ।
सो अवसरमा बोल्दै बिशिष्ट अतिथि दाङ क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले अव देशमा बिकासका लहरहरु आउने बताए । भर्खरै सम्पन्न भएको निर्वाचनमा जनताले बाम गठवन्धनलाई बिकास र समृद्धिका लागी भोट दिएर बिजयी बनाएको भन्दै अव आफनो ध्यान त्यसमै केन्द्रित रहने बताए । केसीले दाङ जिल्लाको बिकासलागी दाङ उपत्यकामा चार लेनको रिङ रोड बनाउने र माडिको पानी ग्वार खोलामा ल्याई पचास मेगावाट बिद्युत उत्पादन र दाङको सिचाइ गर्ने मुख्य एजेण्डा रहेको स्पष्ट पारे । आफुले यो कुरा निर्वाचनका वेला पनी उठाएको भन्दै पुरा गराउनका लागी अहोरात्र लागि पर्नेमा जोड दिए । उनले भने चार लेन सडक कालोपत्रे र अन्य सडकलाई दुई लेनको बनाउदै कालोपत्रे गर्ने बताए ।
त्यसैगरि सो अवसरमा केसीले तुलसीपुर क्षेत्रको विकासका लागी तुलसीपुर उद्योग बाणिज्य संघले खेलेको भुमिकाको उच्च प्रंशसा गर्नुभयो । बाणिज्य संघ र संघका पदाधिकारिहरुले ब्यवसायीक हित र पश्चीम दाङको बिकासमा राम्रो भुमिका निर्वाह गरेको भन्दै त्यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
त्यस्तै अर्का बिशिष्ट अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा राजनितिक उदेश्य पुरा भएको भन्दै अवको उदेश्य आर्थिक समृद्धि रहेको बताए । राजनितिक परिवर्तनका लागी जनताले ठुलो संर्घष गरेको भन्दै अव भने जनताले विकास र शान्ति खोजेको बताए ।सो अवसरमा दाङ क्षेत्र नं ३ प्रदेश सभाषद उत्तर कुमार वलीले अव निजी क्षेत्रको सहकार्यमा मुलुकलाई आर्थिक विकासमा अगाडी वढाउनु पर्ने वताउनु भयो । उहांले अव वन्ने सरकारले विकास निर्माणलाई प्राथमिकतामा राखेर अगाडी वढ्नु पर्ने वताउनु भयो ।
उहांले तुलसीपुर उद्योग वाणिज्य संघले यस क्षेत्रको सामाजिक विकासमा खेलेको भुमिकाको प्रससा गर्दै वाणिज्य संघलाई धन्यवाद ज्ञापन गर्नु भयो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत(विरु)को अध्यक्षता एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरु धु्रवराज श्रेष्ठ(भारी), निरक के.सी., कृष्ण शर्मा, कृष्ण श्रेष्ठ, किशोर आचार्य, लगायतले वोल्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन , शान्ति समाजका केन्द्रिय सचिव सुसिल वस्नेत , नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, पूर्व अध्यक्ष गणेश प्रेम श्रेष्ठ, आजिवन सदस्य नरेशराज राजभण्डारी लगायतले वोल्नु भएको थियो । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघको बृहत्तर विकासमा महत्वपूर्ण भुमिका खेलेको भन्दै गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल र राप्ती सामाचार राष्ट्रिय दैनिकका सम्पादक वसन्त विवस आचार्यलाई पुरस्कृत एवं सम्मान गरिएको थियो ।
त्यसै गरी कार्यक्रममा संस्थापक अध्यक्ष र पूर्व अध्यक्षहरुलाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजाल, संघका वरिष्ठ सदस्य यज्ञ वहादुर के.सी.,व्यवसायीहरु पूर्ण प्रसाद धिताल, खगेन्द्र प्रसाद पोखरेल, कानूनी सल्लाहकार प्रवीण लम्साल लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष डिल्ली वहादुर वली र सांगठनिक प्रतिवेदन महासचिव रुप वहादुर खत्रीले पेश गर्नु भएको थियो । वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसेले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रम को संचालन महासचिव रुप वहादुर खत्रीले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्