काठमाडौँ,माघ १४ । एनआइसी एसिया बैंकको ऋणपत्रमा लगानी अवसर खुलेको छ। १० वर्षे अवधिको यो ऋणपत्रको नाम ‘१०५ एनआइसी एशिया ऋणपत्र २०८५र८६’ दिइएको छ।
छिटोमा माघ १६ गते र ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य प्रतिकित्ता १ हजारका दरले बैंकले कुल ४ अर्ब रुपैयाँको ऋणपत्र निश्कासन गरेको हो। योमध्ये १६ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सर्वसाधारणमा निष्काशन हुने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ।
बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार २ अर्ब ४० करोडको २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने छ। न्यूनतम २५ कित्ता तथा अधिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। धितोपत्र बोर्डबाट सि आश्वा सदस्यताको अनुमति प्राप्त सम्पूर्ण बैंकका शाखाहरु आवेदन गर्न सक्नेछन्। अनलाइनबाट आवेदन दिन चाहनेले मेरो शेयरबाट आवेदन गर्न सकिनेछ।
बैंकले लगानीवापत वार्षिक १० प्रतिशतका दरले ६र६ महिनामा व्याज प्रदान गर्नेछ। यस्तो ऋणपत्र सेयर बजारमा सूचीकृत भएपछि कारोबार गर्न समेत सकिनेछ। त्यस्तै धितो राखेर अन्य बैंकहरुबाट ऋण समेत लिन पाइन्छ।
प्रतिक्रिया दिनुहोस्