आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यापिटलबिच संझौता

काठमाडौं । ग्लोवल आइएमई क्यापिटल लिमिटेडसंग हकप्रद शेयर निष्काशनको संझौता पत्रमा सोमबार हस्ताक्षर सम्पन्न भएकोे छ ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको मिति २०७४ आश्विन १० गते सम्पन्न भएको २०औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अनुपात (१०शेयर बराबर ८) शेयरका दरले हकप्रद शेयर जारी गर्नको लागि ग्लोवल आइएमई क्यापिटल लिमिटेडसंग हकप्रद शेयर निष्काशनको लागि संझौता पत्रमा हस्ताक्षर भएको हो ।

संझौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीको चुक्ता पूंजी वृद्धि गर्ने सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिंदै आज संझौता भएको ८० प्रतशित हकपद शेयरको निष्काशन पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूंजी रु. ९७ करोड २० लाख पुग्नेछ । त्यस पश्चात बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पूंजी रु.१ अरब २ करोड ६ लाख पु¥याउने गरी पूंजी बृद्धि योजना बीमा समितिमा पेश गरिएको जानकारी दिए ।

कम्पनीले ७ वटै प्रदेशमा शाखा सञ्चाल विस्तार गर्दै आएको छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले थप १६ शाखा तथा सम्पर्क कार्यलयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्ने जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्