काठमाडौँ, १३ माघ । आज विश्व कुष्ठरोग दिवस । ६६ औं कुष्ठरोग दिवसलाई नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । “कुष्ठरोग कार्यक्रमको गन्तव्य गलत धारणा र विरोधको अन्त्य” भन्ने मुल नाराका साथ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखको अगुवाईमा ६६ औं अन्तराष्ट्रिय कुष्ठरोग दिवस अन्तक्र्रिया कार्यक्रम गरि मनाईए हो ।
कुष्ठरोगीलाई विभेद गर्न हुन्न भनिरहको अवस्थामा मुलुकी देवानी (संहिता) ऐन २०७४ भाग ३ पारिवारीक कानून, परिच्छेद १ बिवाह सम्बन्धी व्यवस्थाको ७१ बुँदा (ग) पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने पूर्ण रुपमा दृष्टिबिनिह वा केष्ठरोगी बिवाह गर्न गराउन नहुने भनि स्पष्ट कानूनमा उल्लेख गरेको छ । यसले विभेद गरेको छ । यस मुलुकी देवानी (संहिता) ऐनले विवाह गर्न बाट बच्चित गर्दै रोगीलाई विभेद गरेको देखिन्छ ।
कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा. रबिन्द्र बास्कोटा कुष्ठरोग के हो र कसरी लाग्छ भन्ने विषयमा यसो भन्नुहुन्छ :
कुष्ठरोग सामान्य रोग हो । समयमै पचिान र उपचार गरेमा पूर्णरुपमा निको हुन्छ । कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्रे किटाणुका कारण हुने सङ्क्रामक रोग हो । यो रोगले मुख्य रूपमा छाला र स्नायुका टुप्पाहरू (विशेषगरी हात औँला) मा आक्रमण गर्छ । त्यसबाहेक, यसले नाकका भित्री भित्ता तथा माथिल्लो श्वासनलीमा पनि सङ्क्रमण गर्छ । यो रोगकको किटाणुले सङ्क्रमण गरेपछि र हाम्रो शरीरको रोगप्रतिरोधी क्षमता त्योसँग परास्त भएपछि छालामा नचिलाउने दागहरू देखा पर्छ ।
छुँदा, चिमोट्दा थाहा नहुने, आगोले पोल्दासमेत पोलेको महसुस नहुने जस्ता कुष्ठरोगका लक्षण हुन् । यो रोग लागेपछि नसाहरू दुख्ने, हातखुट्टा झमझम गर्ने, कानको लोतीहरू बाक्लो हुने समस्या पनि देखिन्छ । यो रोगको पहिचान गर्न कान र दाग भएको ठाउँबाट पानी झिकेर किटाणु ब्याक्टेरियम लिप्रेको परीक्षण गरिन्छ । तर चिकित्सकको भनाइ अनुसार सबै रोगीमा यो किटाणु देखिन्छ नै भन्ने हुँदैन ।
कुष्ठरोग लागे पनि जसको शरीरमा कम किटाणु छ उसको शरीरमा किटाणु नदेखिने सम्भावना पनि हुन्छ । शरीरमा धेरै किटाणुको सङ्क्रमण धेरै फैलिइसकेको छ भने मात्र कुष्ठरोग गराउने किटाणु देख्न सकिन्छ ।
कुष्ठरोगको सुरुमा शरीरमा दागहरू आउँछन् । त्यस्ता दागहरू चिलाउँदैनन् र दुख्दैनन् पनि । फलतः जसले कुनै पनि समस्या पारेको छैन भने किन जाने अस्पताल भन्ने सोचाइका कारण त्यस्ता समस्या भएका बिरामी अस्पताल जाँदैन । धेरै जस्तो अवस्थामा यो रोग लागेको ५ वर्ष, १० वर्ष कटेपछि मात्रै अर्थात् रोगले गम्भीर रूप धारण गरेपछि र शारीरिक रूपमा समस्या हुन थालेपछि मात्रै बिरामीहरू अस्पताल जाने गर्छन् ।
सम्भवतः मानव जातिको लिपिबद्ध इतिहासमा सबैभन्दा पुराना रोगहरूमध्ये कुष्ठरोग पनि एक हो । यो रोगबारे ईशापूर्व ६०० तिर नै पनि उल्लेख गरिएको पाइन्छ ।
सर्ने तरीका:
कुष्ठरोग यसरी नै सर्छ भन्ने अहिलेसम्म कुनै पनि अनुसन्धानले स्पष्ट धारणा राख्न सकेको छैन । धेरै चिकित्सकहरूले रोगीको नाक तथा मुखबाट निस्किएका सिँगान, र्यालको माध्यमबाट यो रोग सर्छ भन्ने विश्वास गरिन्छ । विशेष गरी, सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ । त्यसैगरी, सङ्क्रमणले अति बढी गाँजेका रेगीको फाटेको छालाबाट निस्केको पानीको सम्पर्कमा आउँदा पनि यो रोग सर्ने सम्भावना हुन्छ । खतरनाक कुरा के छ भने यो रोग लगाउने किटाणु माइक्रो ब्याक्टेरियम लेप्री कम तापक्रममा धेरै दिनसम्म पनि बाँच्न सक्छ ।
कुष्ठरोगको असरः
कुष्ठरोगको समयमा उपचार भएन भने अन्य रोगले जसरी नै शरीरको विभिन्न अङ्गमा समस्या पार्न सक्छ । कुष्ठरोग लागेको मान्छेलाई रोगको कारणले पनि रियाक्सन हुन सक्छ भने औषधिले पनि रियाक्सन हुन सक्छ ।
रियाक्सनलाई टाइप वान र टाइप टु गरेर दुई भागमा वर्गीकरण गरिएको छ । रियाक्सनले नसा सुन्निने, नसा दुख्ने, नसा झमझम गर्ने र बिस्तारै शरीरलाई अङ्गभङ्ग गराउन सक्ने अवस्थासम्म हुन्छ । समयमा उपचार नभएको खण्डमा हातका औँला बाङ्गो हुने हुन्छ । यो नसामा रियाक्सन भएर नसाले काम नगरेपछि हातका औँलाहरू बाङ्गो हुने हो ।
कुष्ठरोगका किटाणु शरीरमा लामो समयसम्म रहँदा हातको औँलाहरू झर्ने, दृष्टिविहीन हुने, किड्नीसम्मलाई असर गर्न सक्ने कृष्ठरोग नियन्त्रण तथा अपाङ्ग व्यवस्थापन शाखाका कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा। रवीन्द्र बाँस्कोटा बताउँछन् ।
डा. रवीन्द्र बाँस्कोटाका अनुसार, सन् २०१७ मा ३ हजार २ सय १५ जना नयाँ कुष्ठरोगी थपिएका छन् । निवारण घोषणा वर्षमा त्यो सङ्ख्या ०.७७ प्रतिशत थियो भने अहिले बढेर ०.९२ पुगेको देखिन्छ । अर्थात् ०.१५ प्रतिशत बढेको देखिन्छ । यो हिसाबले निवारणको ८ वर्ष पछि पनि ७३ जना नयाँ बिरामी बढी देखिएको छ ।
तर सरकार भने नयाँ कुष्ठरोगी बढेको स्वीकार्ने पक्षमा छैन । ‘कुष्ठरोगी बढ्दै गएको होइन, कुष्ठरोगीलाई पत्ता लगाउने हाम्रो कार्यक्रमले गर्दा रोग र रोगीको पहिचान बढेको रस्वास्थ्य संस्थामा आउनेको सङ्ख्या बढेको हो’ डा। बाँस्कोटाले बताए ।
कुष्ठरोको लक्षण:
– अङ्गभङ्ग हुनु
– कपाल झर्नु ९विशेष गरेर आँखीभौँ र परेलाका०
– मांसपेशीहरू कमजोर हुनु
– हात र खुट्टाका नसाहरू सधैँका लागि विग्रनु
– हात र खुट्टा चलाउन नसक्नु
– नाक बन्द हुनु, रगत बग्नु र नाक नै झर्नु
– आँखा र आँखाको नानीमा सङ्क्रमण हुनु
– आँखाका नसाहरू बिग्रनु र अन्धोसमेत बन्नु
-पुरुषहरूको यौन क्षमता नष्ट हुनु
– महिलाहरूमा बाँझोपन हुनु
-मिर्गौला नै पनि काम नलाग्ने बन्नु
उपचार पद्धती:
त्यसो त यो रोग अरू सङ्क्रामक रोगकको तुलनामा कम खतरनाक पनि मानिन्छ किनभने यो रोग अरू रोगजस्तै तुरुन्त सरिहाल्ने खालको चाहिँ हुँदैन । फेरि यसको उपचार पनि तुलनात्मक रुम सजिलो हुन्छ । विभिन्न थरीका एन्टिबायोजिकहरूको संयुक्त मात्रा दिएर यो रोगको उपचार गरिन्छ । कुनै परिवारका सदस्यमा कुष्ठरोग भेटिएको छ भने दोस्रो व्यक्तिलाई रोग सर्न नदिनका लागि लेप्रोसी पोस्ट एक्सपोजर प्रोफेलेक्सिस ९एलपेप० अन्तर्गत एक मात्रा औषधि खुवाए रोग सर्ने सम्भावना ६० प्रतिशतसम्म कम हुन्छ भनेर चिकित्सा विज्ञानले मान्छ ।
यो रोग कम किटाणु भएको प्यासी ब्यासेलरी ९पीबी० र बढी किटाणु भएको मल्टी ब्यासिलरी ९एमबी० गरी दुई प्रकारको हुन्छ । नेपालमा पीबीभन्दा पनि एमबीको कुष्ठरोगीहरू धेरै रहेका छन् । पीबी छालामा ‘हाइपोपिग्मेन्टेसन’ वा बढी दागका कारण चिनिन्छ ।
ती ठाउँको स्नायु क्षतिग्रस्त भएर छाला लाटो हुन्छ । एमबीको तीव्रता ठिकैको हुनुका साथै यसमा छालामा दाग पीबीजस्तै देखिन्छ । तर त्यो धेरै बढी सङ्ख्यामा र अनियमित हुन्छ । रोग दुई किसिमको भए जस्तै उपचार पनि दुई किसिमकै हुन्छ । पीबी कुष्ठरोगको उपचार ६ महिनासम्म गर्नुपर्ने हुन्छ भने एमबीको उपचार पीबीकोभन्दा दोब्बर १२ महिनासम्म उपचार गर्नुपर्ने हुन्छ । उपचार पछि कुष्ठरोग पूर्ण रूपमा निको पार्न सकिन्छ ।
कुष्ठरोगको सबै प्रकारको उपचार सरकारले निःशुल्क गर्दै आइरहेको छ । नेपाल सरकारको सबै स्वास्थ्य संस्थाबाट कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ । उपचारपछि यातायात खर्चबापत बिरामीलाई एक हजार प्रदान गर्ने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गतको कुष्ठ रोग नियन्त्रण तथा अपाङ्ग शाखाले जनाएको छ । जुनसुकै कुष्ठरोग उपचारपछि किटाणु पूर्णरूपमा नष्ट पार्न सकिन्छ । तर अङ्गभङ्ग नै भएको अवस्थामा भने औषधिभन्दा पनि अप्रेसन नै गर्नुपर्ने र शरीरलाई पहिलाको अवस्थामा ल्याउन नसके पनि केही मात्रामा सामान्य रूपमा फर्काउन सकिने डा। रवीन्द्र बाँस्कोटाले बताए ।
कुष्ठरोग सर्ने रोग हो । तर यो रोगसँग लड्न सक्ने क्षमता भएको व्यक्तिलाई सर्ने सम्भावना एकदमै कम अर्थात १ प्रतिशत हुन्छ । अर्थात् अन्य सरुवा रोगको तुलनामा निकै कम सर्ने रोग हो । कुष्ठरोग कुरा गर्दा, हात मिलाउँदा, सँगै बस्दा आजको भोलि नै सर्ने रोग भने होइन । शरीरमा रोगसँग लड्ने क्षमता बलियो छ भने कुष्ठरोग सर्ने सम्भावना एकदमै कम हुन्छ । कुष्ठरोग सर्ने प्रमुख माध्ययम भनेको श्वासप्रश्वास हो ।
२०१० मा निवारण घोषणा गरेको हाल रोगी बढ्दै गएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कुष्ठरोग निवारण भएको देश भनी घोषणा गरेको सन् २०१९ लागेसँगै आठ वर्ष पूरा भएर नौ वर्ष भयो । विश्व स्वास्थ्य सङ्गठनले २०६६ माघ ५ अर्थात् अङ्ग्रेजी वर्ष सन् २०१० को जनवरीमा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनको नियम अनुसार प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम कुष्ठरोगी भएको अवस्थामा निवारण घोषणा गर्न सकिन्छ । निवारणको वर्ष नेपालमा प्रति १० हजारमा ०.७७ अर्थात एकभन्दा कम रोगीको सङ्ख्या थियो र निवारण घोषणा गरियो । बिरामीको सङ्ख्याको कुरा गर्ने हो भने सो समयमा ३ हजार १ सय ४२ जना नयाँ बिरामी थिए ।
अझै पनि नेपालका १८ वटा जिल्लाहरूमा चाहिँ निवारणको मापदण्डभन्दा बेसी नै अर्थात् प्रति १० हजार व्यक्ति १ भन्दा माथि नै कुष्ठरोगीहरू रहेका वा फेला पर्ने गरेका छन् । ती १८ जिल्लाहरूले नेपालभरि प्रतिवर्ष सरदर फेला पर्ने ३२०० जति नयाँ कुष्ठरोगीहरूको सङ्ख्याको तीन चौथाइ नै भाग ओगट्छ ।
लुकेर बस्नाले गर्दा पहिचानमा समस्या :
यी त स्वास्थ्य संस्थाको सम्पर्कमा आउने कुष्ठरोगीहरूको सङ्ख्या भयो । तर अझै सरकारले खोजी नगरेको र समुदायको डरले उपचार गर्न स्वास्थ्य संस्था नजाने रोगीको सङ्ख्या झन धेरै हुने सरकारको अनुमान छ । तर त्यसका लागि सरकारले अहिलेसम्म ठोस कदम चाल्न सकेको छैन । समुदायमा लुकेर बस्ने कुष्ठरोगी सरकारको लागि चुनौती बनेको छ । यस्ता व्यक्तिहरूले अन्य व्यक्तिलाई पनि सजिलै रोग सार्न सक्छन् ।
अघिल्लो आर्थिक वर्षमा ५ जिल्लामा यस्तो खोजी गर्ने कार्यक्रम सरकारले सञ्चालन गरेको थियो । जहाँ कुष्ठरोग बढी भएको जिल्ला बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, कैलाली र बारा कुष्ठरोगीको खोजी गर्ने कार्यक्रम सञ्चाल गरियो । सो कार्यक्रम सञ्चाल गर्दा ६ देखि ७ सय बिरामी थपिएको शाखाले जनाएको छ ।
डा. बाँस्कोटाका अनुसार ५ वटा जिल्ला ५ दिनसम्म मात्रै खोजी गर्ने कार्यक्रम सञ्चालन गर्दा प्रत्येक जिल्लामा सयको दरले नयाँ बिरामी भेटिएको थियो । यसरी नयाँ बिरामी खोजी गर्ने कार्यक्रम सबै जिल्लामा हुने हो भने लुकेर बसेको देशभरको कुष्ठरोगी पत्ता लाग्ने थियो ।’ तर बजेट अभावले हामी सबै ठाउँमा पुग्न सकेका छैनौँ ।’
‘निवारण’पछि पनि रोगी बढे, तर बजेट घट्यो :
कुष्ठरोग निवारण घोषणा भएपछि पनि रोगीको सङ्ख्या बढ्दो अवस्थामा छ । तर स्वास्थ्य क्षेत्रकै वरिष्ठ व्यक्तिहरूले कुष्ठरोग निवारण भइसक्यो, किन बजेट चाहियो रु यो क्षेत्रको बजेट स्वास्थ्यका कार्यक्रममा लगाउनुपर्छ जस्ता कुरा आइरहेको कर्मचारीहरू बताउछन् । बिरामीको सङ्ख्या बढ्दै गइरहेको यो समयमा स्वास्थ्य क्षेत्रको व्यक्तिले नै कुरा नबुझ्दा आइरहेको बजेट कटौती हुने हो कि भन्ने चिन्तामा यो शाखा रहेको छ ।
दशक पहिलाभन्दा अहिले कुष्ठरोगीको सङ्ख्या बढ्दै गइरहेको हुँदा कुष्ठरोगको कार्यक्रमलाई मन्त्रालयले प्राथमिकताको साथ राख्नुपर्ने शाखाको भनाइ छ ।
यस्तै सरकारी मात्रै होइन गैरसरकारी तथा अन्तर्राष्ट्रिय दातृनिकायले पनि निवारणपछि नेपालमा कुष्ठरोगीको सङ्ख्या नभएको भन्दै कार्यक्रमहरू घटाएको डा। बाँस्ताकोटीले बताए ।
गत आर्थिक वर्ष १५ देखि १६ करोड कुष्ठरोग तथा अपाङ्गता शाखाको नाममा बजेट विनियोजन गरिएको थियो । सङ्घीयतापछि नीति निर्माण बनाउने, सहजीकरण गर्ने, समन्वयन गर्ने भएको हुँदा केन्द्रमा १५ प्रतिशत, प्रदेशमा २५ प्रतिशत र स्थानीय तहमा ६० प्रतिशत बजेट विनियोजन गरिएको छ । स्थानीय तहबाट नै अबको कार्यक्रमहरू अगाडि बढ्ने छन् ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले कुष्ठरोग निवराणलाई नीति परिवर्तन गरि बजेटविनियोजनमा ध्यान दिनुपर्ने बताउनु भयो । राज्यले पनि सम्मानजनक व्यवहार गर्न आवश्यक छ । राजनीतिले प्रभाव पारेको कुरा स्वीकार गर्नुभयो । स्वास्थ्यकर्मीहरुलाई विशेष रप्मा परिचालन गरि बिरामीको पहिचान र खोज गर्न आवश्यक रहेको महानिर्देशक लोहनीले बताउनु भयो ।
कार्यक्रममा कुष्ठ प्रभावित समाज नेपालका अध्यक्ष दीपक तिवारीले २०१० मा कुष्ठरोग निवराण घोषणा गरेको देशमा हाल आएर संख्या वृद्धि हुन आफैंमा दःखदे पक्ष भएको बताउनु भयो । आफु कुष्ठरोगको शिकार भई विगत १२ वर्षदेखि संस्था मार्फत कुष्ठरोगलाई सेवा गर्र्दै आएको स्मरण गर्र्दै उहाँले सन् २०२० मा शुन्यमा झार्ने सरकारको लक्ष्य पुरा गर्न आफुपनि सक्दा समाज मार्फत सक्दो सहयोग गर्ने र यसरी समाज खोलेर बस्ने वातावरणको अन्त्य होस् भन्न धारणा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्