समता माइक्रोफाइनान्सको खुद नाफा १८० प्रतिशतले बढ्यो

जागरण न्युज
काठमाडौं, १३ माघ । समता माइक्रोफाइनान्स चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश सूचहरुमा उत्साहजन प्रगति गर्न सफल भएको छ । गत आवको तुलनामा समताले खुद नाफा १८०.२५% ले खुद नाफा बृद्धि गरेको छ । वित्तिय संस्थाले निक्षेप संकलन, कर्जा विस्तार, ब्याज आम्दानी, खुद नाफा, जगेडा कोष र खराब कर्जा अनुपातमा सुधार गरेको हो ।
लघुवित्तको गत वर्ष यस अवधिमा २५ लाख ७५ हजार खुद नाफा कमाएको थियो भने यो त्रैमासमा ७२ लाख १७ हजार पुर्याएको हो ।
लघुवित्तले खराब कर्जा अनुपातमा पनि सुधार गरी १.३२ बाट ०.६४ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीले निक्षेप संकलन र कर्जा परिचालन रकम दोब्बर बनाएको छ । पुस मसान्तसम्ममा लघुवित्तले ३६ करोड ७१ लाख निक्षेप संकलन र ५८ करोड ४१ लाख रुपैयाँ सापटी गरेर एक अर्ब २ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १ करोड ७३ लाख रुपैयाँबाट २ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तले यसअघि जारी गरेको ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी ५ करोड ६८ लाख ६० हजार कायम भएको छ । कम्पनीको जगेडा कोषमा एक करोड ४२ लाखबाट १६४.७८ प्रतिशतले वृद्धि भई ३ करोड ७८ लाख रुपैयाँ सञ्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्