मेरो माइक्रोफाइनान्सको खुद नाफामा झण्डै दोब्बर बृद्धि, जगेडा कोषमा पनि ४०.९०% ले बृद्धि

जागरण न्युज
काठमाडौं, १३ माघ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर बृद्धि हो । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ७९.०७% ले बढी हो ।
माइक्रोफाइनान्सले अघिल्लो वर्ष ३ करोड ४५ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । वित्तिय संस्थाले खुद ब्याज आम्दानी पनि गत वर्षको तुलनामा बढाएको छ । ब्याज आम्दानी ४६.५७% ले बढेर १५ करोड ७ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत बर्षको दोस्रो त्रैमासमा संस्थाले १० करोड २८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
वित्तिय संस्थाको सञ्चालन नाफा ४ करोड २९ लाख २३ हजार रुपैयाँले बढेर ९ करोड ७२ लाख ५ हजार रुपैयाँ पुगेको छ । संस्थाले हालसम्म ९६ करोड ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९९ करोड ४७ लाख ३६ हजार रुपैयाँ कर्जामा प्रवाह गर्न सफल भएको छ । खराब कर्जा १.२८% बाट बढेर १.८७% पुगेको छ ।
गत वर्ष यस कम्पनीले ६२ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस त्रैमास सम्ममा कम्पनीको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोष ४०.९०% ले वृद्धि गरी १३ करोड ८६ लाख २७ हजार रुपैयाँ पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्