नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमुख निर्वाचन आयुक्तले के भने त ?

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले लोकतन्त्रलाई संस्थागत गर्न नवनिर्वा्चित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । चुनावपछिको राजनीतिक अवस्थामा जानकारी लिन आज खोटाङ पुग्नुभएका यादवले चुनाव सम्पन्न भएसँगै लोकतन्त्र, संघीयता र गणतन्त्रलाई संस्थागत गर्ने कार्यभारको ढोका खुलेको उनले बताए ।
जनताको बीचमा लोकतन्त्र, संघीयता र गणतन्त्रलाई स्थापित गर्नु अवको प्रमुख कार्यभार भएको उल्लेख गर्दै आयुक्त यादवले त्यसतर्फ लाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।
उनले विभिन्न जटिलताका बाबजुद पनि प्रदेश र प्रतिनिधिसभाका दुईवटा चुनाव एकै पटक सम्पन्न भएकोमा मतदाताहरुलाई बधाई एवं धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्