काठमाडौं,माघ १२ । स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीहरु, विभिन्न मन्त्री, सांसद, सरकारी उच्च अधिकारी लगायतले स्वागत गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो स्वीजरल्यान्ड भ्रमणले नेपालमा लगानी बढाउन सहयोग पुग्ने बताए ।
उनले आर्थिक रुपमा सम्पन्न मुलुकहरुलाई नेपालको अवस्थाबारे जानकारी दिँदै नेपालमा लगानी बढाउन आग्रह गरेको र उनीहरु उत्साहित भएको बताए ।
डाभोस शहरमा आयोजित बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।
मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एसियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए ।
उनीे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० जस्ता क्षेत्रीय संगठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ओलीले नेपालको लोकतन्त्र र स्वतन्त्र प्रेसका पक्षमा आफूले आधा शताब्दीभन्दा बढी संघर्ष गरेको उक्त मञ्चमार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्