काठमाडौं, ११ माघ । गोरखा जिल्लाको गोरखा नगरपालिका हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तिय संस्थाले दोस्रो त्रैमासिक प्रगती सार्वजनिक गरेको छ ।
संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा रु. ५६ लाख ८३ हजार खुदमुनाफा आर्जन गरेको छ । लघुवित्त अघिल्लो वर्षको यही अवधिमा १५ लाख २१ हजार खुद घाटामा रहेको थियो । चालु आ.व.को प्रथम त्रैमासिकमा रु. २३ लाख ४६ हजार संचालन मुनाफामा रहेको लघुवित्त ३ महिनामा रु.६५ लाख ८४ हजार रुपैयाले संचालन मुनाफा बढाई रु. ८९ लाख ३१ हजार पुर्याएकोछ । सस्थाले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
लघुवित्तले व्यवसायिक स्तरमा पनि उत्कृष्ट प्रगती प्राप्त गरेकै कारण खुद ब्याज आम्दानी रु. १ करोड ७७ लाख ९० हजार पुर्याएको छ । अघिल्लो बर्षको यही अवधिमा ४ लाख ७७ हजारमा सिमित रहेको थियो यसै गरी समिक्षा अवधिमा १२ करोड ४६ लाख बचत संकलन गरी ५१ करोड ६३ लाख सापटी लिएर ६५ करोड ३४ लाख कर्जा परिचालन गरेको छ ।
अघिल्लो बर्षको यहीअवधिमा ९३ लाख ९९ हजार बचत संकलन गरी ६ करोड २१ लाख सापटी लिई ७ करोड ६४ लाख कर्जा परिचालन गरेको थियो । यसै गरी वित्तीय संस्थाको अघिल्लो आर्थिक बर्षमा १५ लाख १९ हजारले ऋणात्मक रहेको रिर्जब समिक्षा अवधिमा ५७ लाख २७ हजार पुगेको छ । कुल ४ करोड ९० लाख चुक्ता पूँजी रहेको यो कम्पनीको खराब कर्जाशुन्य रहेको छ । त्यस्तै समिक्षा अवधिमा कस्ट अफ फण्ड १०.५१ प्रतिशत रहेको छ भने तरलता अनुपात ९.०२ प्रतिशत, इक्वीटीमा प्रतिफल २०.७७ (बार्षिक) र सम्पत्तिमा प्रतिफल १.५८ प्रतिशत रहेको छ ।
अन्य लघुवित्त नपुगेको क्षेत्रलाई कार्यक्षत्र बनाएको लघुवित्तले शाखा संचालन कार्यलाई आक्रमक रुपमा बिस्तार गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्