शिक्षामन्त्री पोखरेल भने -डा. केसीको सबै माग पूरा भइसक्यो, अब अनशन फिर्ता लिइदिनुस्

काठमाडौं, माघ ११ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारितले अब हरेक नेपालीलाई स्वदेशमै मेडिकल शिक्षा लिन पाउने बाटो खुलेको बताएका छन्।
शुक्रबार संसदको बैठकमा चिकित्सा शिक्षा विधेयक प्रस्तुतपछि बाहिरिँदै उनले सञ्‍चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘चिकित्सा शिक्षा विधेयक पास भएको छ। अब स्वास्थ्य क्षेत्रमा अवसरको बाटोहरु खुलेको छ। सबैको लागि उत्तम भएको छ। हामी सबैसँग मिलेर छलफल गरेर यो विधेयक ल्‍याएका हौँ।’
उनले १७ दिनदेखि टिचिङमा अनशन बसिरहेका डा।केसीलाई तत्काल अनशन फिर्ता लिन समेत आग्रह गरे। उनले भने, ‘सरकार डा। केसीको स्वास्थ्यप्रति चिन्तित छ। हामी उहाँलाई अनशन फिर्ता लिइदिन आग्रह गर्छौ। उहाँको माग पूरा भइसकेको छ।अब हामी मिलेर स्वास्थ्य क्षेत्रमा काम गरौ।’
उनले प्रमुख प्रतिपक्षीको विषयम समेत शिक्षा स्वास्थ्य उपसमितिको बैठकमा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, योगेश भट्टराई, खगराज अधिकारी र स्वयम् सभापति जयपुरी घर्तीसँग छलफल गरेर सहमतिको प्रयास गरेको बताए।
प्रतिक्रिया दिनुहोस्