सिटिजन्स बैंकले गर्यो खुद नाफामा बृद्धि, कति भयो प्रतिशेयर आम्दानी ?

जागरण न्युज
काठमाडौं, माघ ११ । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफालाई २२.५५% ले बृद्धि गरी ७७ करोड ३ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले यही अवधिमा ६२ करोड ८६ लाख रुपैयाँ थियो । बैंकको वितरण योग्य नाफा भने ६५ करोड ९६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
गत वर्षको तुलनामा खुद ब्याज आम्दानी ५३.२९५ वृद्धि भएर १ अर्ब ४९ करोड ४५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । बैंकले सञ्चालन नाफा पनि गत आवको तुलनामा सञ्चालन नाफा २४.०९% ले बृद्धि गरी १ अर्ब ८ करोड ६४ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ ।
यता, गत अवमा ५८ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ रहेको निक्षेप यस बर्ष ६५ अर्ब १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यसैगरी, कर्जा लगानी पनि ५२ अर्ब ३५ करोड ७३ लाख रुपैयाँबाट बढेर ६० अर्ब ४७ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यसको खराब कर्जा अनुपात १.६२% र कस्ट अफ फन्ड ८.२१% छ । बेस रेट १०.७९% रहेको छ ।
बैंकको चुक्ता पुँजी ८ अर्ब ३७ करोड १० लाख ६५ हजार रुपैयाँ रहेको छ । रिजर्भमा ३ अर्ब ३७ करोड २३ लाख ५८ हजार रुपैयाँ छ । गत वर्ष रिजर्भमा १ अर्ब ९९ करोड ६८ लाख ५३ हजार रुपैयाँ मात्र रहेको थियो । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा थियो ।

प्रतिक्रिया दिनुहोस्