आईसरको अत्याधुनिक टिप्पर प्रो ८०३१ बजारमा

काठमाडौं । आइसर कम्पनीले “आईसर कन्ष्ट्रक्ट २०७४”को भव्य आयोजना गर्दै ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँ अत्याधुनिक टिप्पर आईसर प्रो ८०३१ एक्स एम बजारमा ल्याएको छ । उक्त कार्यक्रममा कम्पनीका सिनियर भाईस पे्रसिटेन्ट तथा ईन्टरनेशनल बिजनेस हेड श्री एस.एस गिल र वतास अर्गनाईजेसनका अध्यक्ष श्री आनन्द राज बतासले संयुक्त रुपमा रिवन काटि उक्त टिपरको सार्वजनीक गरिएको हो ।

नेपाली बजारमा लोकप्रिय आइसरका बस, ट्रक, टिप्पर आदि ईन्धन किफायती, बलियो र पावरफुल मानिदै आएको छ । उक्त कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक शान्त राज बतास र कम्पनीका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आईसरका उत्पादनहरुमा लाइफ टाइम सेवा प्रदान गरिने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्