ग्लोबल आइएमई बैंकले १ अर्ब १२ करोड रुपैयाँ नाफा कमायो

काठमाडौं, ११ माघ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा एक अर्ब १२ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । बैंकले गत बर्ष ९७ करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो । गत बर्षको भन्दा २५.४६ प्रतिशतले नाफा बढाएको हो ।
निक्षेप संकलनको तुलनामा ऋण लगानीमा जोड दिएको बैंकले खुद व्याज आम्दानी २८.१८ प्रतिशतले बढाएको छ ।
बैंकले १५.४४ प्रतिशतले व्याज आम्दानी बृद्धि गर्दा खर्च भने ९.०८ प्रतिशतले मात्रै बढाएको छ । खुद व्याज आम्दानी २ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । पुससम्ममा १२ प्रतिशतले निक्षेप बढाएर एक खर्ब १३ अर्ब रुपैयाँ संकलन गरेको छ भने ऋण लगानी १८.८५ प्रतिशतले विस्तार गर्दा एक खर्ब २ अर्ब पुर्याएको छ।
शेयर लगानी कतौका लाथि पनि यो बैंक रोजीको बन्न सक्छ । कनिकि लगानी कर्ता नाफा जसले दिनसक्छ त्यसैप्रति आकर्षि हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्