चिसोबाट बच्न चिकित्सकको यस्तो छ सुझाव

काठमाण्डौ, ११ माघ । गत बुधबार परेको माघे झरीसँगै मौसम चिसो भएको छ । त्यसैमाथि बदली भएको छ । चिसो पनि बढेको छ । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन पनि गाह्रो हुन्छ । त्यसैले मौसमको फेरबदलले जोखिम पनि बढाइरहेको छ । यस्तो अवस्थामा बच्चाबच्चि तथा बुढाबुढिलाई झन बढि खतारा हुन्छ । तातो तातो चिया । कफि, झलियो पदर्था खानु उपयुक्त हुन्छ । चिसोबाछट बचाउनको लागि चिकित्सकहरुले सुझव पनि दिएको छ ।
  • चिसोको असर :
    -शरीरले बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।
    -पहिलादेखिको रोगी छ भने झन धेरै असर गर्छ ।
    -मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।
    -युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।
    -रुघाखोकी लाग्ने सम्भाबना धेरै हुन्छ ।
    -चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्ने र यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।
  • चिसोबाट कसरी बच्ने रु
    -एकै वाक्यमा भन्दा न्यानो कपडा लगाउने नै हो ।
    -सिमेन्टको घर आफैंमा धेरै चिसो हुने भएकाले घरमा बस्दा पनि राम्रोसँग कपडा लगाउनुपर्छ ।
    -आगो ताप्ने ।
    -चिसो खानेकुरा सकेसम्म नखाने ।
    -धेरै मात्रामा झोलिलो खानेकुरा खानुपर्छ । यसमा पनि धेरै नुनिलो खानु हुँदैन ।
    -पौष्टिक खाने कुरामा जोड दिनुपर्छ ।
    -बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।
    -मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।
    -समस्या परेमा स्वास्थ्य जाँच गराउने ।
प्रतिक्रिया दिनुहोस्