काठमाडौं, ११ माघ । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले राजनतिक र सामाजिक मोफसलका समाचारहरुलाई समेटेका छन् ।चिकित्सा शिक्षा विधेयकलाई लिएर विभाजित सत्तापक्ष र प्रतिपक्षको राजनीतिक ध्रुविकरणलाई पनि पत्रपत्रिकाहरुले विशेष महत्वकासाथ समाचार प्रकाशन गरेको छ ।
केहीले नेपाल–भारत ऊर्जा सचिव बैठकलाई महत्वका साथ प्रकाशित गरेको छन् भने कुनैले शौचालयविहीन मुसहरबस्तीको विकराल समस्यालाई प्रकाशन गरेको छ । त्यसैगरी, रानीपोखरी पुनर्निर्माण, पानीको गुणस्तरलगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरुले उठाएका छन् ।
आजको राष्ट्रिय दैनिक नागरिकले चिकित्सा विधेयकले नैसर्गिक अधिकार खोसेको छ, डा. केसीको भनाईलाई मुख्य पृष्ठमा समाचार बनाएको छ ।त्यस्तै अर्काे शिर्षकमा प्रहरी ३० वर्षे सेवा अवधि हटाउँदै सरकार शिर्षमा समाचार लेखेको छ ।
नयाँ पत्रिका दैनिकले शौचालयविहीन सर्लाहीको मुसहर बस्तीबारे मुख्य समाचार छापेको छ । समाचार अनुसार, जिल्लाको हरिपुर नगरपालिका–८ का गरीब मुसहरहरुको शौचालय बनाउने हैसियत छैन । खुला स्थानमा शौच गर्न विवश उनीहरुलाई प्रहरीले पक्रेर चौकीमा लैजाने गरेको समाचारको सार छ,।समाचार प्रकाशन गर्दै भनेको छ, बलात्कार र हत्याजस्तो जघन्य अपराधका दोषीलाई महिनौंसम्म पत्ता लगाउन नसक्ने प्रहरी झिसमिसेमै बाटो ढुक्छ, शौच बसेका मुसहरलाई पक्राउ गरी बहादुरी देखाउँछ ।’ यसरी पक्रिएकालाई प्रहरीले चौकीमा लगेर आफूले खाएको रक्सीको बोतल पुर्न लगाएको समाचारमा उल्लेख छ ।
संसदमाा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस तनाव निम्त्याउने तयारीमा रहेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । चिकित्सा शिक्षा विधेयकलाई हरहालतमा पारित गराउने सरकारको तयारी र त्यसलाई रोक्ने कांग्रेसको अडानले संसदमा तनावको स्थिति सिर्जना हुन लागेको हो । समाचार अनुसार, बैठककक्षमै सयजना मर्यादापालक खटाउने संसद् सचिवालयको तयारी छ ।
‘चिकित्सा विधेयक आज फेरि’ शीर्षक दिएर कान्तिपुरले विधेयकमा तोडमोड गरिएको बुँदाबारे चर्चा गरेको छ । वाइडबडी छानबिन बारेको समाचार पनि कान्तिपुरमा छ । समाचार अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ ।
अन्नपूर्णले भने नेपाल–भारत ऊर्जा सचिव बैठकलाई मुख्य समाचारको रुप दिएर छापको छ । समाचार अनुसार नेपाल र भारतबीच इनर्जी बैंकिङ संयन्त्र स्थापना गर्न बिहीबार पोखरामा सहमति भएको छ । नेपालको बर्खायामको बिजुली भारतलाई दिने र हिउँदयाममा उताबाट ल्याउन सहमति जुटेको हो । अन्नपूर्णले चिकित्सा शिक्षा शिक्षा विधेयक सत्ता–प्रतिपक्ष मुठभेडतिर शिर्षकमा समाचार प्रकाशन गरेको छ ।अन्नपूर्णमै प्रकाशित समाचार अनुसार, नयाँ संगीत फेला परेको छ । स्लो बिटको हार्मोनियम धुनमा गुनगुनाइरहेका नारायणगोपालको नयाँ संगीत फेला परेको हो । फेला परेको धुनमा रामकृष्ण ढकालले स्वर दिँदैछन् ।
राजधानीले पानीको गुणस्तरबारे चासो राखेको छ । समाचारमा लेखिएअनुसार, अधिकांश उद्योगका पानी गुणस्तरहीन छन् । सरकारले गुणस्तरहीन पानी बिक्री–वितरण गर्दै आएका ५२ वटा पानी उद्योगमा सिलबन्दी गरेको छ ।
त्यस्तै ‘झापाका सरकारी कार्यालय नै मापसेका अखडा’ शीर्षक दिएर राजधानीले एंकर बनाएको छ । उसले अदालतदेखि हुलाकसम्मका कार्यालयमा भेटिएका रक्सीका बोतललाई विषयवस्तु बनाएको छ ।
मन्त्रिपरिषद्का निर्णयमाथि गोरखापत्रले मुख्य समाचार लेखेको छ ।
आजको आर्थिक दैनिक जलविद्युत निर्माणसंगै बसाईसराई गरेका थातथलो फर्कदै विकाससे समाचारलाई गृह पृष्ठमा छापेको छ ।
म्याद सकिएका एचपि ग्यासको सिलिण्डर बजारमा बिक्रि भईरहेको पुष्टि शिर्षक समाचारलाई मुख्य समाचार बनाएको छ ।
अनसनरत डा.केसीको समाचारलाई आजको हिमालय टाईम्सले संसद्हरुलाई डा. केसीको पत्र शिर्षकमा समाचार प्रकाशन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्