ग्लोबल आईएमई बैंकको कामु सिइओमा महेश ढकाल नियुक्त !

काठमाडौं,माघ १० । ग्लोबल आईएमई बैंकको कामु सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत(सिईओ) जनक शर्मा पौडेलले राजीनामा गरेपछि बैंकले ढकाललाई कामु सिइओको जिम्मेवारी दिएको हो । उनी हालसम्म डेपुटी सिइओको जिम्मेवारीमा थिए ।
सिइओले राजीनामा दिएपछि अर्को व्यवस्था नहुदासम्मका लागि आफुले कामुको जिम्मेवारी पाएको ढकालले बताए ।
तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहिसकेका ढकाल चाटर्ड एकाउन्टेन्ट हुन् । मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि उनी ग्लोबल आईएमई बैंकमा डेपुटी सिइओ बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्