सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । सोही दिनको सम्झनामा हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपालमा प्रत्येक दिन १५ सयभन्दा बढी सयको हाराहारीमा नेपाली कामका लागि विदेशिने गरेको सरकारी तथ्यांक छ । जस अनुसार ३५ लाखभन्दा बढि नेपाली अहिले रोजगारीका लागि विदेशमा रहेका छन् ।