आइपीओ ल्याउने तयारीमा रहेको स्पर्स लघुवित्तको खुद नाफा ११२.२२% ले बृद्धी

जागरण न्युज
काठमाडौं, ८ माघ । स्पर्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षभन्दा ११२.२२ प्रतिशत बृद्धि गरि ६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष वित्तिय संस्था ५० लाख ८१ हजार रुपैयाँ नोक्सानमा थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि ५०४.१९ प्रतिशतले बृद्धी भई १ करोड २२ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
गत वष वित्तिय संस्थाले २० लाख २७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि बढेर ८ लाख १० हजार रुपैयाँ पुगेको छ । गत वर्ष स्पर्स ५० लाख ८१ हजार रुपैयाँ सञ्चालन घाटामा थियो ।
हाल स्पर्सको चुक्ता पुँजी ५ करोड ६० लाख रुपैयाँ छ । वित्तिय संस्थाको जगेडा कोषमा ८ लाख ३५ हजार रुपैयाँ रहेको छ । लघुवित्त २ लाख ६९ हजार ६३० कित्ता आइपीओ ल्याउने तयारी छ ।
यसले २ करोड ६९ लाख ६३ हजार रुपैयाँको २ लाख ६९ हजार ६३० कित्ता आइपीओ ल्याउन धितोपत्र बोर्डमा निवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि आइपीओ जारी गर्ने प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्