सिप्रदी ट्रेडिङ्गसँग कामना सेवाको सवारी कर्जा लगानी सम्झौता

काठमाडौं । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. बीचमा सवारी कर्जा लगानी सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्ग प्रा. लि. मार्फत सिफारिस भई आएका ग्राहकहरूले TATA का विभिन्न प्रकारका सवारी साधनहरु विकास बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्