सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व बहन, सरकारी विद्यालयका ७० बालबालिकालाई बाँडियो स्वेटर

काठमाडौं, माघ ८ । सेञ्चुरी बैंकको वीरगंज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंजका ७० जना बालबालिकालाई स्वेटर बाँडेको छ । वीरगंज महानगरपालिकाको खर्चबाट चल्ने महानगरपालिका आधारभूत विद्यालय प्रगतिनगरका छात्रछात्राहरुलाई ३५ हजार मूल्य बराबरको न्यानो कपडा अन्तर्गत स्वेटर बाँडेको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको नाफाको १ प्रतिशत सामाजिक काममा खर्च गर्नुपर्ने व्यवस्था अनुसार बैंकले विद्यार्थी चिसोबाट बचाउन स्वेटर बाँडेको वीरगंज शाखाका शाखा प्रबन्धक शिवनाथ साहले बताए ।
२०५४ सालमा स्थापना भएको उक्त विद्यालयमा ७० जना बालबालिका अध्ययनरत छन् भने ७ जना शिक्षक कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्