साधना लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी

काठमाडौं, माघ ८ । साधना लघुवित्तले संस्थाका सदस्यको कर्जा मिना्हा तथा बीमा दाबी भुक्तानी गरेको छ ।
साधना लघुवित्त वित्तीय संस्था घ्याम्पेसाल शाखा कार्यालय बाट कर्जा कारोबार गरेकी जुनामाया सर्कीनीको निधन भएकोमा वित्तीय संस्थालाई बुझाउनु पर्ने बाँकी साँवा र ब्याज बापतको रकम रु ३३,८०७÷– मिनाहा गरिएको छ ।
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स संगको सहकार्यमा गरिएको बिमाको दाबी भुक्तानी स्वरुप नगद रु १,०५,००० रुपैयाँ मृतकका श्रीमान सुसुरके दमाईलाई प्रदान गरिएको वित्तीय संस्थाका घ्याम्पेशाल शाखा प्रमुख पदम दाहालले जानकारी दिए ।
साथै सोही अवसरमा संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संस्थाद्धारा प्रदान गरिने सेवा सुबिधाको बारेमा जानकारी गराउँदै सामाजिक उत्तरदायित्वको क्षेत्रमा वित्तीय संस्थाले भविष्यमा थप योगदान गर्दै जाने बताए ।
शाखास्तरीय अभिभावक अन्तरक्रीया कार्यक्रम समेत संचालन गरिएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले वित्तीय संस्था स्थापनाको उदेश्य नाफामुखी नभई सेवामुखी भएको र ग्रामिण समुदाय लक्षित भएकोले रचनात्मक सुझावको लागि सबैसंग आग्रह गरे ।
कार्यक्रममा  बारपाक सुलिकोट गा.पा. को बार्ड नं. ८ को अध्यक्ष कृष्ण बहादुर गुरुङ्ग एवं दुल्भ क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष टुकनाथ अधिकारीले मन्तब्य राख्दै वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको क्षेत्रमा पु–याएको योगदानको प्रंशसा गरे ।
स्थानियहरुको जिज्ञाशाको सहजिकरण संस्थाको बरिष्ठ प्रबन्धक सरिता ढकालले गरेकी थिइन भने सो कार्यक्रम घ्याम्पेशाल शाखाका कर्मचारी कबिता पनेरुले गरेकी थिइन ।
प्रतिक्रिया दिनुहोस्