नयाँ सरकार गठनका विषयमा दलहरु आन्तरिक छलफलमा,सांसदहरुको टुङगो लगाउन केहि समय लाग्ने

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि दलहरुले नयाँ सरकार गठनको विषयमा छलफललाई तिव्र बनाएका छन् ।

वहुमत प्राप्त कम्यूनिष्ठ गठवन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार गठनका बिषयमा आन्तरिक छलफल भैरहेको गठवन्धनका नेताहरुले जानकारी दिएका छन । हिजोमात्रै कम्यूनिष्ठ गठवन्धनले पत्रकार सम्मेलन गरि जनमतको कदर गर्दै वर्तमान सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।

गठवन्धन भित्र नयाँ सरकार गठन, सरकारको नेतृत्व लगाएतका विषयमा निरन्तर छलफल भैरहेको बताइएको छ । छलफलमा केन्द्रिय तथा प्रदेश सरकार गठन तथा नेतृत्व लगाएतका विषयमा समेत छलफल भैरहेको नेताहरुले वताएका छन ।

यता दुइ नम्वर प्रदेशमा निर्वाचनमा तालमेल गरी सहभागी भएका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल पनि सरकार गठनको विषयमा छलफलमा जुटेका छन । प्रदेश तथा केन्द्रिय सरकार गठनका लागी छलफल भैरहेको छ । दलहरुका विचमा नयाँ सरकार गठनका लागि छलफलले तिव्रता पाउदै गर्दा समानुपातिकमा दलहरुवाट प्रतिनिधित्व गर्ने सांसदहरुको टुङगो लगाउन भने केहि समय लाग्ने देखिएको छ ।

जिल्लावाट निर्वाचन क्षेत्रगत रुपमा अन्तिम परीणाम आएपछि मात्र निर्वाचन आयोगले दलले पाउने सिटको वाडफाड गर्ने जानकारी दिएको छ ।

अन्तिम मतपरिणाम घोषणामा अडचन
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको सम्पुर्ण मतपरिणाम सार्वजनिक भएपनि घोषणा गर्न केहि ढिलाइ हुने भएको छ । हिजो मात्रै समानुपातिकतर्फको मतगणना सकिएको छ ।

मतगणना सकिए पनि सिट बाँडफाँटका लागि भने अझै केही दिन लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ । जिल्लाबाट निर्वाचन क्षेत्रगत रुपमा अन्तिम परिणाम आएपछि मात्र आयोगले दलले पाउने सिटको बाँडफाँट गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधि र प्रदेशसभाको अन्तिम परिणाम घोषणा भएसंगै सार्वजनिक गर्न भने आयोगलाई केहि संवैधानिक र कानुनी अडचन देखिने विज्ञहरुको भनाई छ । तर गणना सकिएपछि दलहरूले प्राप्त गरेको मत प्रतिशतका आधारमा सिट निर्धारण गर्नुपर्ने निर्वाचन आयोगले महिला कोटाको सिट संख्या तोक्न राष्ट्रिय सभाको परिणाम हेर्नुपर्ने जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी कानुन अभावमा राष्ट्रिय सभा निर्वाचनको मिति अन्योलमा छ । आयोग यसविषयमा छलफल भइरहेको जनाएको छ । आयोगले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक नगरे पनि सदर मतको तीन प्रतिशतको हिसाबले पाँच दलले मात्र राजनीतिक दल सम्बन्धी ऐनले ताकेको थ्रेसहोल्डको तीन प्रतिशत कटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्