जागरण न्युज
काठमाडौं, ०६ माघ । एनएमबि बैंकले आइतबार (माघ ६ गते) देखि २० प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिदिन सुरु गरेको छ । एनएमबिले पुस ९ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको नगद खातामा लाभांश पठाउन शुरु गरेको हो । हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीले नगद लाभांश पाउन खाता अद्यावधिक गरपछि खातामा नगद जम्मा हुने बैंकले जनाएको छ ।
नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियम अनुसार कुनै शुल्क लागेमा त्यस्तो रकम सेयरधनीले नै तिर्नुपर्ने बैंकले जनाएको छ ।
एनएमबि बैंकको पुस २६ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस शेयर खातामा पठाउन केही समय लाग्ने बैंकको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्