माथिल्लो तामाकोशीको सेयरमा अधिक चलखेल, साना लगानीकर्ता उच्च जोखिममा

जागरण न्युज
काठमाडौं ०६, माघ । माथिल्लो तामाकोशीको सेयरमा सेयरमा अधिक चलखेल भएको छ, यसले गर्दा साना र नयाँ लगानीकर्ता फस्ने जोखिम बढेको छ । कारोबार खुलेदेखि निरन्तर सर्किट ब्रेकर लाग्दै आएको यो कम्पनीको सेयर भाउमा आज (आइतबार) निकै उतारचढाव आइरहेको छ ।
तामाकोशीको सेयरका सम्बन्धमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्ता फसाउने रणनीति बनाएको देखिन्छ ।
३४२ रुपैयाँसम्म पुगेको तामाकोशीको सेयर फेरि घटेर ३०० रुपैयाँ हाराहारीमा आयो । छिनछिनमा भाउ निकै ठूलो अन्तरमा तलमाथि गरिरहेको छ । यसैलाई आधार मान्ने हो भने साना लगानीकर्ता फसाउने रणनीति बनाएको देखिन्छ ।
पुस २९ गते आइतबार कारोबार सुरु भएको हो । सेयर सुरु भएको ठ्याक्कै १ साता भएको छ । यसले पहिलो दिन सेयर कारोबारका लागि आपनिङ रेन्ज ७४ रुपैयाँ ८९ पैसादेखि २२४.६७ पैसा पाएको थियो । पहिलो दिनमै तामाकोशीको अधिकतम रेन्ज २२४ रुपैयाँमै कारोबार भयो । त्यसपछि प्रत्येक दिन सर्किट ब्रेकर लागेर कारोबार हुन थाल्यो ।
यद्दपि, अहिले भाउ निकै अस्थिर भएको देखिन्छ । म्युचअुल फन्ड, केही लगानीकर्ता र केही सञ्चार माध्यमको समेत मिलेमतोमा बजार अनावश्यक उतारचढाव ल्याउँदा आम लगानीकर्ता फस्ने स्पष्ट संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्