स्वावलम्बन लघुवित्त वित्तीय संस्था १८औं वर्ष प्रवेश

जागरण न्युज
काठमाडौं, ०६ माघ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को १८औं वार्षिकोत्सव एक समारोह बीच काठमाडौंमा सम्पन्न भएको छ । लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठको प्रमुख अतिथ्य तथा नेपाल राष्ट्र बैंक, लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनक बहादुर अधिकारीको विशेष आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठले गरेका थिए ।

वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको छ र यस पटक पनि सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब समारोहको आयोजना गरेको छ ।
समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले लघुवित्त सामाजिक व्यवसाय भएकाले नाफामूखि नभई सेवामूलक र यसको माध्यमबाट उद्यमशीलता विकासमा टेवा पु¥याउनुपर्नेमा जोड दिए । विपन्न र न्यून आय भएको वर्गलाई स्वावलम्बी बनाउनु लघुवित्त सेवाको प्रमुख उद्देश्य रहेको उनले बताए । नेपाल राष्ट्र बैंक, लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक तथा विशेष अतिथि जनक बहादुर अधिकारीले शुभकामना दिँदै नेपालका लघुवित्त वित्तीय संस्थाहरु मध्येको एक सक्षम संस्था स्वावलम्बनको लघुवित्त क्षेत्रको विकासमा विशिष्ट योगदान रहेको बताए । लघुवित्त क्षेत्रको विकास संगसंगै यसमा विभिन्न जोखिमहरु समेत देखापर्न थालेका बताउँदै उनले यसको समाधान र न्यूनिकरणका लागि संस्था र ग्राहक दुबैमा स्वःअनुशासन अत्यावश्यक रहेको बताए ।

संचालक समितिका अध्यक्ष तथा समारोहका सभापति राम कुमार श्रेष्ठले आगामी दिनमा लघुवित्तमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि तथा आयस्तरमा बृद्धि गर्न उनीहरुको लागि सीप लगायत शिक्षा जस्ता विषय समेत संगसंगै लान र उनीहरुलाई सकृय राख्न वित्तीय संस्था अगाडी बढ्ने बताए । प्रमुख कार्यकारी अधिकृत भोजराज वस्यालले समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै वित्तीय संस्थाले सानो सानो कर्जा, बचत, लघुवीमा लगायत वित्तीय साक्षरताको माध्यमबाट उद्यमशीलता विकास गर्दै आर्थिक सामाजिक रुपमा स्वावलम्बी समाजको निर्माण गर्न वित्तीय संस्था अग्रसर रहेको बताए ।
समारोहमा वित्तीय संस्थामा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघुउद्यमी, वचतकर्ता तथा केन्द्रहरु, संचालक समितिका पूर्व संचालकहरु, पूर्व प्रमुख कार्यकारी अधिकृत लगायत २० वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै, उत्कृष्ट शाखा कार्यालय, ग्राहक सदस्य तथा कर्मचारीका छोरा छोरीहरु मध्ये २०७४ सालको एस.इ.इ. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने १२ जनालाई नगद सहित सम्मान–पत्र प्रदान गरिएको थियो ।

लघुवित्त कार्यक्रम मार्फत विपन्न तथा आर्थिक अवस्था कमजोर भएका समुदायको आर्थिक सामजिक अवस्थामा सुधार ल्याउन वित्तीय संस्थाले हाल सातै प्रदेशका ५७ जिल्लामा रहेका १२८ शाखा तथा ९ इलाका कार्यालय मार्फत २ लाख ३० हजार बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्