नेशनल माईक्रोफाईनान्सको दोस्रो त्रैमासीक वित्तीय विवरण, सूचाङ्कमा देखियो प्रगति

काठमाडौं, ६ माघ । नेशनल माईक्रोफाईनान्स वित्तीय संस्थाको चालू आर्थिक वर्षको ६ महिना अवधिमा खुद नाफा, निक्षेप संकलन र कर्जा विस्तार लगायतका सबै सूचाङ्कहरुमा प्रगति देखिएको छ ।
लघुवित्त क्षेत्रमा अब्बल पहिचान बनाएको नेशनल माईक्रोफाईनान्सले आईतबार प्रकाशित गरेको दोस्रो त्रैमासिक फाइनान्सियल रिर्पाेट अनुसार ५ करोड ७२ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा संस्थाले ३ करोड ९१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा लघुवित्तले १ करोड ८० लाख ४१ हजारले आफ्नो खुद नाफा बढाएको हो ।

गत आवको नाफाबाट २५ प्रतिशत बोनश शेयर तथा १५ प्रतिशत नगद लाभांश गरि ४० प्रतिशत वितरण गरेको लघुवित्तको हालको चुक्ता पूँजी रु. १५ करोड ८ लाख ८३ हजार रहेको छ । संस्थाको वार्षिक प्रतिशेयर आम्दानी ७५ रुपैयाँ ८७ पैसा रहेको छ ।
निलकण्ठ, ३ धादिङ्ग जिल्लाको धादिङ्गबेसीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्तले ५० वटा शाखा मार्फत आफ्ना ग्राहकहरुलाई छिटो छरितो र स्तरीय सेवा दिदैं आएको छ । यस संस्थाले आफ्ना शेयर धनीहरुलाई आकर्षक लाभांश वितरण गर्दै आएको छ भने यस आ.व.मा पनि राम्रो लाभांश दिने सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्