महिला सहयात्रा माइक्रोफाइनान्सको छैठौं वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश पारित

काठमाडौं, ५ माघ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय थाहा न.पा. ९, चित्लाङ मकवानपूरको सभा कक्षमा शनिबार संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभामा संस्थाका अध्यक्ष भाइराजा तुलाधरले आ.व.२०७४/२०७५ को वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।  राष्ट्रिय स्तरको कार्य क्षेत्र र १२ करोेड १० लाख चुक्ता पूँजी रहेको यस वित्तीय संस्थाले आ.व. २०७४/०७५ को नाफाबाट शेयर धनीहरुलाई कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने, आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन र सोहि अवधि सम्मको नाफा नोक्सान पारित गर्नुका साथै आ.व.२०७५/०७६ को लागि वाह्य लेखा परिक्षकमा रंजित एण्ड एशोसियट्स चार्टड एकाउन्टेण्ट्स नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
सम्पन्न साधारण सभाले कम्पनीको नाम संशोधन गरी महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. नामाकरण गर्ने निर्ययसमेत पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले बताउनुभयो ।
भएको छ ।
यस वित्तीय संस्थाले अति दुर्गम र पीछडिएका समुदायलाई लक्षित गरि सेवा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्