होटलमा भाँडा माझ्ने महिलालाई बिदाको दिन पनि बोलाइयो, २ अर्ब ४४ करोड क्षतीपूर्ती दिन आदेश

काठमाडौँ, माघ ५ ।  अमेरिकाको वासिङ्टनस्थित होटलमा भाँडा माझ्ने महिलालाई २१.५ मिलियन डलर (दुई अर्ब ४४ करोड रुपैयाँ) क्षतीपूर्ती दिन आदेश दिइएको छ । होटलले महिलालाई बिदाको दिन अर्थात् आइतबार पनि काममा बोलाएको थियो जसका कारण उनी चर्चमा समेत जान असमर्थ हुन्थिन् । होटलले आफ्नो धार्मिक भावनालाई ठेस् पुर्याएको महिलाले आरोप लगाएकी थिइन् ।
होटलमा महिलाले ६ वर्ष काम गरिन्ः
मेरी जिन पिरीले कोन्राड मायामी होटलमा ६ वर्षसम्म काम गरिन् । उनका किचन म्यानेजरले सन् २०१५ मा उनलाई बिदाको दिन अर्थात् आइतबार पनि काममा आउनुपर्ने माग गरे । यसलाई होटल व्यवस्थापनले पनि स्विकार गर्यो । कोन्राड होटल हिल्टन ग्रुपको हिस्सा हो ।
मेरी एक क्याथोलिक मिशनरी ग्रुप सोल्जर्स अफ क्राइस्ट चर्चकी सदस्य हुन् । यो समूहले गरिबको मद्दत गर्छ । मेरीले दायर गरेको मुद्दामा दाबी गरिएको अनुसार ६० वर्षे उनी आफ्नो धार्मिक मान्यताका कारण आइतबार होटलमा काम गर्न असमर्थ थिइन् ।
पार्क होटेल्स एण्ड रिजोर्टस् (हिल्टन वर्ल्डवाइडको नामले चर्चित) ले मियामी कोर्टलाई आफूलाई यसबारे कुनै जानकारी नभएको र उनले आइतबार बिदा बस्नका लागि आग्रह गरेको बारे केही थाहा नभएको बतायो । होटल व्यवस्थापनले मेरीलाई आखिर आइतबार किन छुट्टी चाहिएको थियो भन्ने प्रश्न गरेको थियो ।
सुरुमा ६ सन्तानकी आमा मेरीलाई आइतबार छुट्टी लिनका लागि आफ्ना सहकर्मीसँग सिफ्ट बदल्ने अनुमती दिइएको थियो । त्यसपछि होटल व्यवस्थापनले मेरीलाई आइतबार किन छुट्टी चाहिएको भन्ने जानकारीसहितको पादरीले लेखेको चिट्ठीको माग गरियो  । यद्यपी, सन् २०१६ मा मेरीलाई खराब आचरण, लापरवाही र बिदा बसेको भन्दै भन्दै जागिरबाट निकालियो ।
सन् २०१७ मा मेरीले सिभिल साइट्स एक्ट सन् १९६४ को उल्लंघनको हवाला दिँदै मुद्दा दर्ता गरिन् । नियम अनुसार जागिरमा जाती, धर्म, रङ, लिङ्ग र राष्ट्रियताको आधारमा भेदभावको प्रतिबन्ध लगाइएको छ ।
अदालतले मेरीको दाबीसँग सहमत भयो र उनलाई २१ मिलियन डलर क्षतीपूर्ती दिन आदेश दियो । होटल व्यवस्थापनले मेरीलाई ३५ हजार डलर बक्यौता रकम र मानसिक तनावका लागि अतिरिक्त पाँच लाख डलर पनि दिनुपर्नेछ ।
हिल्टनका प्रवक्ताले आफूहरु निर्णयमा खुसी नभएको बताए । उनले भने, ‘निर्णयप्रति हामी खुसी छैनौं । मेरीलाई जागिरका बेला विभिन्न सुविधा दिइएको थियो । उनको धार्मिक प्रतिबद्धतालाई  पनि ध्यानमा राखिएको थियो । निर्णय प्रस्तुत गरिएको तथ्यको आधारमा गरियो वा काूननको आधारमा, त्यो बुझ्न सकिएन । ’
Source: www.independent.co.uk
प्रतिक्रिया दिनुहोस्