माछापुच्छ्रे  बैंकको एकैदिन ३ नयाँ शाखा शुभारम्भ

काठमाडौं, ४ माघ । माछापुच्छ्रे  बैंकको ३ नयाँ शाखाको शुभारम्भ बैंक लिमिटेडले काठमाडौं स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवातका साथै बैंकले तनहुँ भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तोन्नती गरी सञ्चालनमा ल्याएको छ ।

बैंकले शुक्रबार काठमाडौं महानगरपालिका स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा.बिरेन्द्र प्रसाद महतोले गरेका हुन् ।
नयाँ शाखाहरुमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउँदै आएको छ । बैंकले कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या अब १९ पुगेको छ ।

बैंक ले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुरसाथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवासमेत गरी जम्मा १४५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंक को देशभर ११२ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्