सुनकाण्ड: मुद्दासँग जोडिएका पाँच न्यायाधीश कारवाहीमा !

काठमाडौं, माघ ४ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी काण्डमा निर्णय दिने पाँच न्यायाधीशलाई जिम्मेवारीमुक्त गरेका छन् ।
उच्च अदालत विराटनगरका यी न्यायाधीशले शुक्रबारदेखि न्याय सम्पादनको काम गर्न पाउने छैनन् । उनीहरुलाई न्याय परिषदमा हाजिर गराइएको छ ।
सुन तस्करीको मुद्दासँग जोडिएका उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरवहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंहलाई परिषदमा तानिएको हो ।
प्रतिक्रिया दिनुहोस्