मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू

काठमाडौं, ३ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरूः
१. मन्त्रीहरूको तलब र अन्य सेवा, सुविधावापत भुक्तानी हुने रकमको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
२. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।
३. लगानी सम्मेलन, २०१९ गर्न आवश्यक बजेटको व्यवस्थागर्ने निर्णय गरिएको छ ।
४. कर्मचारी सञ्चयकोषको अध्यक्ष पदमा शिशिरकुमार ढुंगानालाई नियुक्त गरिएको छ ।
५. Implementation Agreement of China Aid on Oil and Gas Resources Survey Project in Nepal स्वीकृत गरिएको छ ।
६. प्रहरी (छैठौँ संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ ।
७. विरेन्द्रनगर नगरपालिकामा शीतभण्डार निर्माणका लागि विनियोजित ?. ५० लाख Line Ministry Budget Information System (LMBIS)मा प्रविष्टि गर्ने निर्णय गरिएको छ ।
८. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जी टु जी प्रक्रिया अबलम्बन गरी रेल गाडी खरिद कार्य अघि बढाउन सैद्धान्तिक सहमति दिइएको छ ।
९. जनशक्ति क्षमता विकास प्रतिष्ठान सम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।
१०.प्रदेश स्वास्थ्य निर्देशनालयलगायतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने निर्णय गरिएको छ ।
११. नेपाल पानी जाहाज कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरिएको छ ।
१२. आन्तरिक शान्ति र व्यवस्था कायम गर्ने सम्बन्धमा बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।
१३. ‘राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम’ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्