समानुपातिकबाट चुनिने सांसदको नाम टुंगो लाग्न दुई हप्ता लाग्ने

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको सम्पूर्ण मतगणना आज सकिँदै छ । प्रत्यक्षतर्पmको मतगणना भने गत बुधबार नै सकिएको भएपनि समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ ।

जारी मतगणना आज सकिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् । हाल सर्लाही जिल्लाको मतगणना भैरहेको र आज दिउसो सम्ममा सकिने निर्वाचन आयोगले जनाएको छ । मतगणना सकिएपछि दलहरूले समानुपातिकमा पाएको मत हिसाब गरेर सो बमोजिम उनीहरूले पठाउनुपर्ने सिट संख्या तोकेर दलहरूलाई पत्राचार गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्षतर्पmको १ सय ६५ प्रतिनिधिसभा सिटमा ८० सिट जित्दैे पहिलो दल बनेको नेकपा एमाले समानुपातिक तर्फपनि हालसम्मको मतगणनामा पहिलो स्थानमा रहेको छ । प्रत्यक्षतर्फको मतगणनामा तेस्रो बनेको नेपाली कांग्रेस समानुपातिकको हालसम्मको मतपरिणाम हेर्दा समग्रमा दोस्रो दल बन्ने निश्चित भएको छ । प्रत्यक्षको मतपरिणामले दोस्रो दल बनेको माओवादी केन्द्र समानुपातिकको अन्तिम चरणमा आइपुग्दा तेस्रो दल बन्ने भएको छ ।

आयोगका प्रवक्ता ढकालका अनुसार आज बेलुका सम्ममा देशका सवै ७७ जिल्लाको समानुपातिक तर्फको मतगणना सकिने भएपनि दलहरूले पाएको मत हिसाब गरेर दलहरूलाई पठाउँदा र दलहरूले समानुपातिक सिटमा उम्मेदवार पठाउँदा केही समय लाग्ने जानकारी िदए ।
उनका अनुसार प्रतिनिधिसभामा समानुपातिकबाट चुनिने सांसदको नाम टुंगो लाग्न दुई हप्ता लाग्ने देखिएको छ । समानुपातिकतर्फको मतगणना आइतबार सकिने भए पनि त्यसपछिका प्रक्रिया पूरा गर्न दुई हप्ता लाग्ने देखिएको हो ।

यसैबीच– आयोगका अनुसार पछिल्लो मतपरिणाम अनुसार ९४ लाख ९८ हजार २ सय ७१ मत गणना सकिएको छ ।
प्राप्त परिणाम अनुसार नेकपा एमाले ३१ लाख ६६ हजार २ सय ९५ मत, नेपाली कांग्रेस ३१ लाख ११ हजार ६ सय ४३, माओवादी केन्द्र १२ लाख ९५ हजार ९ सय ३, संघीय समाजवादी फोरम नेपालले ४ लाख ६९ हजार ४ सय ६१ र राष्ट्रिय जनता पार्टीले ४ लाख ७० हजार ४ सय ७० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्