हिमाल दोलखा हाइड्रोपावरले निष्काशन गर्ने भयो ७८ लाख कित्ता आईपिओ

जागरण न्युज
काठमाडौं, ०२ माघ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी आईपिओ निष्काशन गर्न माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई १६ लाख र सर्वसाधारणलाई ६२ लाख कित्ता गरी ७८ लाख कित्ता आईपिओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटलले पाएको छ ।
हाइड्रोपावरले इलामको गोदक गा.वि.स.मा ४.५ मेगावाटको माइखोला साना जलविद्युत आयोजना ७२ करोड ५३ लाख लागतमा सम्पन्न गरेको छ ।
यस्तै, इलाम नगरपालिकामा ८ मेगावाटको माई साना क्यास्केड जलविद्युत परियोजनाको निर्माण भने अन्तिम चरणमा पुगेको छ ।
एक अर्ब ३४ करोड ५७ लाख रुपैयाँ लागतमा निमार्ण भएको यस परियोजनाले छिटै व्यवसायिक उत्पादन गर्ने भनिएको छ । दुवै आयोजनाको लागत भने प्रति मेगावाट १६ करोड देखि १७ करोड बीचमा रहने जनाइएको छ ।
४ वर्षअगाडि निर्माण शुरू भएका गोदक र राँगापानीमा निर्माणाधिन ८ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावर (क्यास्केड) निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्