एनआइसी एसियाको दोस्रो त्रैमासमा खुद नाफा १ अर्ब ५१ करोड १४ लाख

जागरण न्युज
काठमाडौं, ०२ माघ । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आ.व. बैंकले ५७ करोड १७ लाख ९४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको यही अवधिको तुलनामा गर्दा खुद नाफा १६४.३४% ले वृद्धि गरेको हो । एनआइसी एसियाको वितरण योग्य नाफा भने १ अर्ब २६ करोड २ लाख २५ हजार रुपैयाँ छ ।
यता, खुद ब्याज आम्दानी १ अर्ब ५४ करोड ५० लाख २३ हजार रुपैयाँबाट बढाएर ३ अर्ब ६० करोड ७६ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी, दोस्रो त्रैमासमा सञ्चालन नाफा २ अर्ब १३ करोड ७० लाख ५० हजार रुपैयाँ छ । गत वर्ष सञ्चालन नाफा ७८ करोड ४४ लाख १० हजार रुपैयाँ थियो ।
एनआइसी एसियाको निक्षेप संकलन १ खर्ब ७५ अर्ब ७६ करोड ४३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस्तै, कर्जा लगानी १ खर्ब ४९ अर्ब ३० करोड ३९ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यसको खराब कर्जा ०.३०५ र कस्ट अफ फन्ड ७.१६५ छ । दोस्रो त्रैमासको अन्त्यसम्म बेस रेट ९.३३५ रहेको छ ।
एनआइसी एसियाको चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २९ हजार रुपैयाँ छ । बैंकले पुस ४ गते वार्षिक साधारण सभा गरी १०% बोनस सेयर दिएको थियो । रिजर्भ कोषमा अहिले ४ अर्ब ४१ करोड १२ लाख ५८ हजार रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्