काठमाडौं, १ माघ । काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई सेवा दिने उदेश्यकासाथ सानिमा इन्स्योरेन्स कम्पनीसंग आज एक समारोहकाबिच बैंकासुरेन्स सम्झौतामा हस्ताक्षर गरिएका हो ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्ष्ँर गर्नुभएको छ ।
यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर रहेका ६३ वटै शाखाहरुबाट सहजरुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमापोलिसिहरु खरिदगर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरुलाई लाभाविन्त हुने बैंकले विश्वास लिएको छ ।
हाल यस बैंकले देशभरी आफ्ना ६३ वटा शाखा तथा १७ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । बैंकले समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्