एनसीसीले लिलामी सेयर बाँटफाँटमा नपरेकालाई दिन थाल्यो पैसा फिर्ता

जागरण न्युज
काठमाडौं, माघ ०१ । एनसीसी बैंकले मंगलबार (माघ १ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन शुरु गरेको छ । लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाकै खातामा रकम फिर्ता गर्ने भएको छ ।
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइने बैंकले जनाएको छ । कुनै कारणले खातामा रकम जम्मा हुन नसकेका आवेदकलाई भने सनराइज क्यापिटल लिमिटेड कमलापोखरी काठमाडौंले चेक मार्फत रकम फिर्ता गर्नेछ ।
एनसीसीले पुस ११ देखि २० गतेसम्म संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । जसमा सर्वसाधारण समूहको सेयरमा २०१ रुपैयाँ र संस्थापक तर्फको सेयरमा १०१ रुपैयाँ कट अफ प्राइस तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्