घलेम्दी हाइड्रोको आइपीओको नतिजा सार्वजनिक, तपाईलाई कति कित्ता पर्यो ?

जागरण न्युज
काठमाडौं, माघ ०१ । घलेम्दी हाइड्रोपावरको आइपीओको नतिजा सार्वजनिक भएको छ । घलेम्दीको साधारण शेयर (आईपिओ माघ १ गते) मंगलबार बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको आईपिओ कूल सदर आवेदकको ८०.४४ प्रतिशतले ३० कित्ताका दरले प्राप्त गरेका छन् भने १९.५६ प्रतिशतले मात्र २० कित्ता प्राप्त गरेका छन् ।
आईपिओमा कूल ५४ हजार ७१८ आवेदन परेकोमा २६ आवेदन रद्ध भएको बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ । ती आवेदकबाट कूल एक हजार ५७० कित्ताको आवेदन परेको थियो ।
सदर भएका ५४ हजार ६९२ जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम पहिलो चरणमा समानुपातिक रुपमा २० कित्ताका दरले १० लाख ९३ हजार ८४० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्