ओम डेभलपमेन्ट बैंकको २ लाख ५२ हजार ६६९ कित्ता सेयर लिलामीमा

काठमाडौं । ओम डेभलपमेन्ट बैंकको २ लाख ५२ हजार ६६९ कित्ता सेयर पुस २ गते आइतबार देखि लिलामीमा बिक्री खुला भएको छ । बैंकले संस्थापक समूहको ४६ हजार ८२ कित्ता र सर्वसाधारण समूहको २ लाख ६ हजार ५८७ कित्ता सेयर लिलामीमा ल्याएको हो । बैंकले असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्म १०ः३ अनुपातमा ४९ लाख ३१ हजार ३ सय ८५ कित्ता सेयर निष्कासन गर्दा बिक्री नभएको २ लाख ५२ हजार ६६९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । यो लिलामीमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । बोलपत्र आवेदन फारम एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट र यसको शाखा कार्यालय लगनखेलमा पनि भर्न र बुझाउन पाइनेछ । यस्तै, ओमको केन्द्रीय कार्यालय पोखरा चिप्लेढुंगा र शाखा कार्यालय बुटवल र नारायणगढमा पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ ।
यसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल हो ।

प्रतिक्रिया दिनुहोस्