नेपाल एसबिआई बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न, १५.७९% लाभांश प्रस्ताव पारित

काठमाडौं, ३० पुस । नेपाल एसबिआई बैंक लि.को २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा १५.७९ प्रतिशतका दरले लाभांश (५%वोनश शेयर र १०.७९% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सोमबार काठमाडौंमा सम्पन्न सभाले बैंकको आ.व. २०७४/७५ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७५ को वासलात, आ.व. २०७४/७५ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

बैंकले आ.व. २०७४/७५ मा रु. २७६.१७ करोड संचालन मुनाफा र रु. २०२.३५ करोड खुद मुनाफा हासिल गरेको छ ।
साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७४/०७५ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त सधारणसभाले आ.ब. २०७५/७६ को बैंकको लेखापरीक्षणका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं.लि. , चाटर्ड एकाउण्टेन्ट्को नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्