आशा लघुवित्तले आइपीओ ल्याउन धितोपत्र बोर्डबाट पायो अनुमति

जागरण न्युज
काठमाडौं, ३० पौष । आशा लघुवित्त वित्तीय संस्थालाई आइपीओ जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । वित्तीय संस्थाले ६ लाख ७४ हजार कित्ता आइपीओ ल्याउने भएको हो । वित्तीय संस्थाले जारी पुँजीको ३० प्रतिशत आइपीओ सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको हो । आइपीओ जारी गर्न बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
वित्तीय संस्थाको जारी पुँजी २० करोड रुपैयाँ रहेको छ । यसमध्ये १४ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । वित्तीय संस्थाले निष्कासन गर्न लागेको आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ दिएको छ । यसको आशा लघुवित्त नुवाकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्