नेप्सेले गर्यो अपर तामाकोशीको कारोबार रद्द

जागरण न्युज
काठमाडौं, ३० पौष । नेप्सेले अपर तामाकोशीको रेन्ज भन्दा बढी मूल्यमा भएको कारोबार रद्द भएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले अपर तामाकोशीको १०% भन्दा बढीले भएको कारोबार रद्द गरिएको जानकारी दिए ।
पराजुलीले अपर तामाकोशीको भाउ ५०% ले बृद्धी हुँदा नेप्से सूचकमा पनि प्रभाव परेको हुनाले सूचकलाई मेनुअल्ली हिसाब गरेर मिलाइने बताए ।
कुनै पनि कम्पनीको भाउ १ दिनमा १०% भन्दा तलमाथि गर्न पाउँदैन, यसआधारमा आइतबार तामाकोशीको २२४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो सोमबार अधिकतम यही भाउबाट १०% मात्र वृद्धि हुन सक्ने प्रावधान छ ।

बजार खुल्ने बित्तिकै तामाकोशीको भाउ ५०% ले बढेको नेप्से स्क्रिनमा देखिन्छ । यसको भाउ ३३६ रुपैयाँसम्म पुगेको छ । यसबाट बजारमा गम्भीर लापरवाही भएको देखिन्छ । यता, नेप्सेका प्रवक्ताले भने प्राविधिक त्रुटीका कारण तामाकोशीको भाउ ५०% ले बढेको देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्