कामना सेवा विकास बैंकको ६३औं शाखा काठमाडौंको गोंगबुमा

काठमाडौं, ३० पुस । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारकोक्रममा टोखा नगरपालिकाको गोंगबुमा  आईतवारदेखि ६३ औं शाखा कार्यालय स्थापना गरि कारोबार शूभारम्भ गरेको छ ।

बैंकका संचालकद्वय देव कृष्ण काफ्ले र विश्वेश्वर सुवेदी तथा बैंकका कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा बैंकका कामु. प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकले प्रदेश नं १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ स्थानमा गरि कुल २२ वटा शाखाको निर्माणकार्य भईरहेको र अन्य क्षेत्रहरुमासमेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे जानकारी दिए ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षता अनुसार आफ्ना सेवाहरु थपगर्दै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्