सनराइज बैंकको ११ प्रतिशत नगद लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित

काठमाडौं, पुस ३० । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार  सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरेबमोजिम बैंकले हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ९३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।
सो सभाबाट संस्थापक समूह‘क’तर्फबाट ३ जना सञ्चालक मोतीलाल दुगड, मालचन्द दुगड र ई। बच्छराज तातेड निर्विरोध निर्वाचित भएका छन् । साथै, सोही साधारण सभाबाट सर्वसाधरण समूह ‘ख’तर्फबाट ३ जना सञ्चालक शैलेन्द्र गुरागाई, शारदा शर्मा पुडासैनी र दीपक नेपाल निर्वाचित भएका छन् ।
साथै, संचालक समितिको तर्फबाट मोतीलाल दुगडलाई सवर्सम्मत रुपमा अध्यक्षमा चयन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्